Logo

‘ओमिक्रोन’ भेटिएका २० देश

डाक्साब
बुधबार, मंसिर १५, २०७८ मा प्रकाशित

कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा भेटिएका छन् । सबैभन्दा पहिला देखिएकाे  दक्षिण अफ्रिकामा ७७ जनामा   संक्रमण भेटिएको छ।

दक्षिण अफ्रिकापछि बोत्सवनामा १९, बेलायतमा १४, नेदरल्यान्ड्समा १४ र पोर्चुगलमा १३ जनामा नयाँ भेरियन्टको संक्रमण देखिएको छ।

यस्तै अस्ट्रेलिया, जर्मनी, इटालीमा, क्यानडा, हङकङ,  डेनमार्क, इजरायल, जापान, फ्रान्स, चेक रिपब्लिक, बेल्जियम, अस्ट्रिया, स्विडेन, स्पेन र दक्षिण कोरियामा पनि नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित भेटिएका छन्।

डब्ल्यूएचओले कोरोनाको ओमिक्रोन भाइरस के कत्तिको खतरनाक छ र यसले मानिसको स्वास्थ्यमा कति क्षति गर्छ भन्ने बारेमा अनुसन्धान हुन बाँकी रहेको बताएको छ।

 


लोकप्रिय

ताजा अप्डेट
ट्रेंडिंग