Logo

मेडिकल काउन्सिलको उपाध्यक्षमा डा. शिवजी पौडेल विजयी
सदस्यमा सबै भन्दा बढी डा हुलासकाे मत

डाक्साब
सोमवार, मंसिर १३, २०७८ मा प्रकाशित

नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा ५०७२ मत ल्याउँदै  डा. शिवजी पौडेल विजयी हुनुभएकाे छ ।

उहाका निकटतम प्रतिस्पर्धी डा. प्रमोदकुमार यादवको २४३७ मत आएको छ भने अर्का प्रतिस्पर्धी डा. रामपरिक्षण यादवको ७६२ मत आएको छ।

सदस्यहरुमा सबैभन्दा बढी ४४५९  मत ल्याएर डा. हुलास अग्रवाल विजयी  हुनुभएकाे छ ।

यस्तै  डा. तोसिमा कार्की, डा. कालुसिंह खत्री, डा. गुरुशरण साह, डा. कुन्जन शेर्पा, डा. रुपक घिमिरे, डा. विश्वराज दवाडी र डा. रोहित कुमार मिश्र सदस्यमा विजयी हुनुभएकाे छ ।

काउन्सिल निर्वाचनमा ९ हजार ३१८ मत खसेको थियो। एक उपाध्यक्ष र ८ सदस्यका लागि ३५ जना चुनावी मैदानमा उत्रिएका थिए।

काठमाडौं उपत्याकाबाहिर ३ र ४ गते उपत्यकाभित्र र धुलिखेलमा १० र ११ गते मतदान भएको थियो।


लोकप्रिय

ताजा अप्डेट
ट्रेंडिंग