Logo

के हाे काेराेनाकाे नयाँ भेरियन्ट ‘ओमीक्रोन’ 
अहिलेसम्मकै सबैभन्दा धेरै म्युटेसनवाला भेरियन्ट : डब्लूएचओ

डाक्साब
सोमवार, मंसिर १३, २०७८ मा प्रकाशित

विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले काेराेना भाइरसकाे नयाँ भेरियन्टलाई ओमीक्रोन  नाम दिएका छन् । काेराेनाकाे यस अघिकाे म्युटेसन डेल्टा भेरियन्ट भन्दा याे खतरनाक हुन सक्ने विज्ञहरूकाे भनाइ छ । ओमीक्रोन दक्षिण अफ्रिकामा पहिलाे पटक देखा परेकाे हाे ।

तीव्र रूपमा फैलिने ओमीक्रोन अहिले भेरियन्ट अफ कन्सर्नमा रहेको डब्लूएचओले जनाएकाे छ।  डब्लूएचओका अनुसार ओमीक्रोन  अहिलेसम्मकै सबैभन्दा धेरै म्युटेसनवाला भेरियन्ट हाे । जसका कारण  विश्वभर फेरि संक्रमण बढ्ने चिन्ता सुरू भएकाे छ ।

सबैभन्दा पहिले नोभेम्बर २४ मा दक्षिण अफ्रिकामा भेटिएकाे याे  भेरियन्टको कोरोना अहिले बोत्स्वाना, दक्षिण अफ्रिका र हङकङमा फैलिसकेकाे छ  ।

यो भेरियन्टमा यस अघिकाे  खोपले काम गर्ने वा नगर्ने भन्ने बारे अध्ययन भैरहेकाे छ । यो भेरियन्टलाई बी १.१.५२९ नामकरण गरिएको थियो। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले शुक्रबार यसलाई औपचारिक नाम दिँदै ओमीक्रोन राखेको हो।

विज्ञहरूका अनुसार ओमीक्रोनमा  ५० म्युटेशन भएकाले यसले खोपमा रहेको प्रोटिनमाथि आक्रमण गर्ने हुँदा यसलाई खतरनाक मानिएको हो। विश्वमा आतंक फैलाएको डेल्टा भरिएन्टमा दुई म्युटेसन भएको थियो।

 


लोकप्रिय

ताजा अप्डेट
ट्रेंडिंग