Logo

नेपाल मेडिकल काउन्सिलको निर्वाचन : कसकाे कति मत ?

डाक्साब
आइतवार, मंसिर १२, २०७८ मा प्रकाशित

नेपाल मेडिकल काउन्सिलको निर्वाचनकाे हालसम्म २ हजार ५ सय मत गणना भएकाे छ । अहिलेसम्म उपाध्यक्षमा शिवजी पाैडेलले ९४८ मत सहित अग्रता लिएका छन्र ।

उनको निकटतम प्रतिद्वन्दि डा प्रमोदकुमार यादवको ६९५ मत रहेको छ। त्यस्तै अर्का प्रतिस्पर्धी डा रामपरिक्षण यादवको २३१ मत छ।

यसैगरी, सदस्यमा डा हुलास अग्रवालले सबैभन्दा बढी मत ल्याएका छन्। उनको ११७५ मत आएको छ। त्यसपछि डा गुरुसरण शाहको ८८७, डा रोहित कुमार मिश्रको ८०१, डा तोसिमा कार्कीको ७८२, डा कालुसिंह खत्रीको ७७९ र डा लवकुमार साहको ७५८ मत आएको छ।

उपाध्यक्ष र ८ सदस्यका लागि भएको निर्वाचनको मतगणना जारी छ।

 


लोकप्रिय

ताजा अप्डेट
ट्रेंडिंग