Logo

सुगम देखि दुर्गमको स्वास्थ्य अनुभव काउन्सिलको ‘पोलिसी’ निर्माणमा लगाउँछु: डा.श्रेष्ठ
नेपाल मेडिकल काउन्सिल निर्वाचन २०७८

डाक्साब
बुधबार, मंसिर १, २०७८ मा प्रकाशित

नेपाल मेडिकल काउन्सिलको निर्वाचनमा  सदस्य पदका लागि उम्मेदवारी दिएकी  डा विना श्रेष्ठ चिकित्सा क्षेत्रलाई गुणस्तरीय बनाउनका लागि नीतिगतरूपमै सुधार गर्न चाहनुहुन्छ  । २ दशक सम्म सरकारी तथा निजी क्षेत्रबाट स्वास्थ्य सेवामा सकृय डा श्रेष्ठले चुनावमा पेश गरेका एजेण्डा डाक्साब डटकमसँग प्रस्तुत गर्नुभएको छ । 

“मैले २ दशक नेपालका सुगमदेखि दुर्गम क्षेत्रका नागरिकलाई सरकारी अस्पताल तथा निजी अस्पतालमा सेवा गर्ने मौका पाए । यसले सबै ठाँउका नागरिकको स्वास्थ्य अवस्था मात्रै होइन,  चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीहरूको अवस्था बुझ्न मलाई अवसर मिल्यो । त्यो समयमा भोगेका समस्या र यस्तो भैदियोस् भन्ने लागेका कुराहरू समाधान गर्न म काउन्सिलमा उम्मेदवारी दिएकाे हुँ । 

नेपाल मेडिकल काउन्सिल नीति निर्माण गर्ने थलो हो । म सँग अनुभव मात्रै होइन अहिले नेदरल्याण्डस् पब्लिक हेल्थ स्नातकोत्तर गरिरहेकी छु । अध्ययनका क्रममा सिकेका कुराहरूलाई लागू गर्दै नीति निर्माण मेरो विज्ञता देखाउन सक्छु ।

लामो समय चिकित्सकलाई तालिम दिनेमै बिताएको छु । सरकारी अस्पतालका चिकित्सकले तालिमको अवसर पाउने भएपनि निजी अस्पतालमा कार्यरत चिकित्सकहरूका लागि भने तालिम फेलोसिपको अवसर निकै कम हुने गरेको छ । नेपालको स्वास्थ्य प्रणालीनै अन्तराष्ट्रिय स्तरको बनाउनका लागि पनि सबै चिकित्सकलाई समेटेर गुणस्तरीय सेवा दिन सक्ने दक्ष बनाउनु पर्ने छ । त्यसका लागि काउन्सिलले भूमिका खेल्नु पर्छ । 

क्लिनिकल प्रोटोकलहरूमा बनेको छ। तर कतिपय चिकित्सकहरूलाई नै यो प्रोटोकलको विषयमा जानकारी नै छैन। त्यसैले सबै चिकित्सकलाई समान तरिकाले तालिमको अवसर दिने, अहिले भएका प्रोटोकलहरूबारे चिकित्सकहरूलाई जानकारी गराउने काम गर्नुपर्ने देखिन्छ।

नेपालमा अहिले पनि चिकित्सा शिक्षा, चिकित्सक तथा बिरामीका बिचमा ससाना कुराहरूको बुझाईमा फरक पर्दा समस्या उत्पन्न भएको देखिन्छ । गुणस्तरीय शिक्षाको कमी, चिकित्सकमा दक्षताको कमी र बिरामीलाई बुझाउन नसकिदा आउने समस्या समाधानमा काउन्सिलको भूमिका रहनु पर्छ । यसको नेतृत्व गर्न सक्छु । साथै काउन्सिल चिकित्सकको नियमन गर्ने मात्रै होइन, चिकित्सकको सहयोगी पनि हो । चिकित्सकलाई काउन्सिलको सहयोग चाहिएको जुन समयमा पनि म सम्पर्कमा हुन सक्छ । 

अन्तत : नेपालमा गुणस्तरीय शिक्षाबाट दक्ष चिकित्सक उत्पादन गरी उनिहरुलाई शान्त र सुरक्षितरूपमा काम गर्ने वातावरण बनाउन काउन्सिलले दिएको क्षेत्राधिकारमा रहेर मेरो भूमिका रहने छ । “

नेपाल मेडिकल काउन्सिल

लोकप्रिय

ताजा अप्डेट
ट्रेंडिंग