Logo

डाक्टरलाई ‘कलर कोड’ दिउँ, काउन्सिललाई ‘स्मार्ट’ बनाउँ : डा. घिमिरे
नेपाल मेडिकल काउन्सिल निर्वाचन २०७८

डाक्साब
बुधबार, मंसिर १, २०७८ मा प्रकाशित

नेपाल मेडिकल काउन्सिलको सदस्य पदका उम्मेदवारी डा रूपक बिक घिमिरे नेपालमा स्वास्थ्य प्रणाली सुधारका प्रयास गर्ने एजेन्डालाई प्राथमिकताका साथ अघि सारेका छन् । प्रस्तुत छ, मतदानको सँघारमा डा घिमिरेसँग हामीले गरेको कुराकानीको सम्पादित अंश:

नेपाल मेडिकल काउन्सिल चिकित्सा क्षेत्रलाई नीतिगत रूपमै सुधार गर्न सक्ने निकाय हो । नेपाल अहिले बढिरहेको माल प्राक्टिस स्वास्थ्य क्षेत्रको नै मुख्य समस्या बन्दै छ । काउन्सिलले नीतिगत रूपमै माल प्राक्टिस रोक्ने नीति निर्माण गर्नु पर्छ । त्यसका लागि सेतो कोट लगाउन सबै चिकित्सक हुन भन्ने भ्रम चिर्न जरुरी छ । यसको उपाय चिकित्सकलाई दक्षता र विज्ञताका आधारमा कलर कोड दिने व्यवस्था उत्तम विकल्प हुन सक्छ । चिकित्सकलाई दिने कार्डमा नै नागरिकले सहजै कुन तहको स्वास्थ्यकर्मी वा चिकित्सक हो भन्ने बुझिने कोड बनाउन सकिन्छ । यसका लागि काउन्सिलमा आवाज उठाउने छु ।

काउन्सिल चिकित्सकहरूको मात्रै कार्यालय भए पनि सोचे जति स्मार्ट भने छैन । अबको समयमा हामीले विभिन्न शीर्षकमा शुल्क तिर्ने देखि हामीले पाउने प्रमाणपत्र, कार्डहरू पनि सफ्ट कपी लिन सक्नु पर्छ । समय र पैसाको बचत पनि हुन्छ । साथै काउन्सिल चिकित्सकलाई नियमन गर्ने निकाय हो । नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने चिकित्सकसँग कुनै पनि चासो वा गुनासो भए काउन्सिलमा जानकारी गराउनु पर्छ भन्ने सूचना र हाम्रा संयन्त्र पनि सोही अनुसार व्यवस्थापन गर्नू पर्ने छ । यसका लागि डिजिटलाइजेसनले प्राथमिकता दिनेछु ।

केही समय अघिसम्म विदेशमा अध्ययन गरेका नेपाली विद्यार्थीले नेपालमै इन्टर्नसिप गर्न पाइन्थ्यो । तर अहिले यो रोकिएको छ । विदेशमा अध्ययन गर्दा, सोही मुलुकको स्वास्थ्य प्रणाली, त्यहीको वातावरण बुझिएको हुन्छ, तर नेपालमा इन्टर्नसिप गर्न पायो भने त नेपालको स्वास्थ्य परिवेश बुझ्ने अवसर हुन्छ र प्राक्टिसकालागि सहज हुन्छ । म काउन्सिलमा पुगे भने स्वदेशमा इन्टर्नसिप वा इन्टर्नसिप पोस्टिङको व्यवस्था गर्न पहल गर्ने छु ।

काउन्सिलले लिने लाइसेन्स परीक्षामा बारम्बार प्रश्न उठिरहेको हुन्छ । पास हुने चिकित्सक बोल्ने अवस्था नभए पनि फेल हुनेहरूका लागि भने प्रश्न पत्र हेर्न पाउने पर्ने माग सधैँको हुन्छ । त्यो माग जायज पनि त्यसैले लाइसेन्स परीक्षाको उत्तर पुस्तिका विद्यार्थीले हेर्न पाउनु पर्ने कुरालाई जोड दिने छु ।

यति मात्रै होइन, चिकित्सकको संख्या थपिने, रोजगारीका अवसर खुम्चिने भइरहेको छ । यसलाई समाधान गर्न काउन्सिलले अग्रसरता देखाउनु पर्छ ।

साथै चिकित्सकै स्वास्थ्य बिमा अपरिहार्य नै भैसकेको छ । किनकि अहिले कुनै चिकित्सक आफैँ बिरामी भयो भने उपचार खर्च जुटाउन मुस्किल पर्छ । यसका समाधानका लागि काउन्सिल मार्फत लबिङ गर्ने छु ।

मुख्य कुरा चिकित्सकलाई नियमन गर्ने निकायमा पुगेर चिकित्सक मैत्री वातावरण सिर्जना गर्नु, चिकित्सकको क्षमता र गुणस्तरवृद्धी गर्दै दिर्घकालीनरुपमा रोजगारी सुनिश्चित गर्ने तथा सुरक्षाको प्रत्याभूति गराउने नीति निर्माण गर्न अग्रसर हुने छु ।

नेपाल मेडिकल काउन्सिल

लोकप्रिय

ताजा अप्डेट
ट्रेंडिंग