Logo

नेपाल मेडिकल काउन्सिलकाे निर्वाचन : नयाँ कार्यसमितिबाट के चाहन्छ युवा चिकित्सक ?

डाक्साब
मङ्लबार, कार्तिक ३०, २०७८ मा प्रकाशित

नेपाल मेडिकल काउन्सिलले आगामी कार्यकालका लागि मंसिर ३ र ४ मा उपत्यका बाहिर र मंसिर १० मा उपत्यकामा निर्वाचन हुँदै छ । १ उपाध्यक्षका लागि ३ चिकित्सक तथा  ८ सदस्य पदका लागि ३२ चिकित्सकले उम्मेदवारी दिनुभएको छ ।
निर्वाचनको दिन संघारमै आइपुग्दा उम्मेदवारहरू चुनावीका अन्तिम प्रचारमा व्यस्त छन् । उम्मेदवारहरूले उठाएका अधिकांश योजना साझा छन् । यो बिचमा हामीले केही चिकित्सकलाई काउन्सिलमा कस्ता व्यक्ति निर्वाचित हुन् र उनिहरुबाट के आशा गर्नुहुन्छ भनी सोधेको छाैँ ः

 

डा. शिव अर्याल, लुम्बीनी प्रादेशिक अस्पताल

नेपाल मेडिकल काउन्सिलमा अहिलेपनि चिकित्सकलाई लिएर केही  नितीगत तथा व्यवहारीक समस्या भएको हामीले भोगेका छाैँ ।

पहिलो कुरा त अब बन्ने कार्यसमीतीले ठुला ठुला एजेण्डा देखाउनु भन्दा पहिले काउन्सिलमा चिकित्सकलाई धाइरहनु नपर्ने, सेवा प्रवाह चुस्त बनाउने तर्फ ध्यान दिनु पर्छ । त्यस पछि अहिले चिकित्सा क्षेत्रमा भैरहेको अनैतिक गतिवीधिले वास्तविक चिकित्सकहरुलाई मार परीरहेको छ । यसको नियमन गर्न सक्ने भनेको काउन्सिलले नै हो । प्रसासनिक सुधार, चिकित्सक मैत्री वातावरण, डिजिटलाइज सेवालाई  प्राथमिकता दिनु पर्ने देखिन्छ ।

 

 

 

 

 

डा केशव श्रेष्ठ, भरतपुर क्यान्सर अस्पताल ।

नेपालमा हरेक वर्ष चिकित्सा शिक्षा पढ्नेहरुको संख्या सँगै शुल्क पनि बढीरहेको छ तर उनिहरुले पाउने तलब सुविधा बढ्दैन ।

७० लाख खर्चीएर डाक्टर बनीसक्दा मासिक ३० हजार तलब पाउन मुश्किल हुँदै छ । यो अवस्था सुधार गर्न काउन्सिलले नै पहल गर्नु पर्छ । सरकारी स्वास्थ्य केन्द्रहरु चिकित्सक अभावमा रेफरल केन्द्र बनिरहेका छन् तर चिकित्सकले रोजगारी पाइरहेका छैनन  ।

यसको मतलब अहिले सरकारी सेवामा चिकित्सकलाई प्रवेश गर्न असहज वातावरण बनाइएको छ । लोकसेवासँग समन्वय गर्न पनि काउन्सिलल अग्रसर हुनु पर्छ ।

साथै चिकित्सक बाहेकका स्वास्थ्यकर्मीले समेत बिरामीलाई औषधी सिफारीस गर्ने देखि डाक्टर बनेरै चेकजाँच गरेको भेटिन्छ ।यसको नियमन काउन्सिलले गर्न सकोस् ।

 

 

 

डा नरेश भट्ट । वीर अस्पताल ।

अबको कार्यसमितिमा युवा र अनुभवी दुबै पुस्ताका चिकित्सक आउनु पर्छ । नयाँको जोस र जाँगरमा अग्रज चिकित्सकको अनुभव  लगाएर काउन्सिललाई नेपालको स्वास्थ्य क्षेत्र सुधारका लागि प्रयोग गर्नु पर्छ ।

काउन्सिललाई ऐन कानुनले दिएका क्षेत्राधिकार भित्र रहेर पनि चिकित्सककालागि गर्नुपर्ने धेरै काम गर्न बाँकी छन्, ति कामहरू यो कार्यसमितिबाट हुन् भन्ने अपेक्षा छ । चिकित्सा क्षेत्रमा मौलाउँदै गएका अनैतिक कामहरू बढ्दो छन् ।

यि ‘मालप्रक्टीस’ रोक्नका लागि आयोगले भूमिका खेलीदियोस् ।

 

 

 

 

 

 

डा सन्देश रोय,नेपाल भारत मैत्री अस्पताल

नेपालमा चिकित्सकको संख्या जसरी बढ्दै छ, त्यसरी उनीहरूको सेवा सुविधा वृद्धि भएको देखिदैन । पछिल्लो समय त चिकित्सकको सुरक्षा नै मुख्य हुन लागिसक्यो ।

काउन्सिलले यो कुरालाई ध्यान पुर्याइदियोस् । युवामैत्री समिति बन्यो भने नयाँ चिकित्सकहरूको आवाज पनि सुनिन्थ्यो होला । साथै नेपालमा चिकित्सा शिक्षामा लगानी र हल्ला जति गुणस्तर छैन ।

मेडिकल कलेजहरूलाई अध्यापन अनुमति दिनु मात्रै उद्देश्य नभएर गुणस्तरीय क्षमतावान चिकित्सक उत्पादनलाई प्राथमिकता दिनु पर्यो ।

साथै  विदेश अध्ययनका लागि जाँदा समेत नेपालमा परीक्षा दिएर जानु पर्ने कुरा व्यवहारी छैन । यसलाई काउन्सिलले पुनरावलोकन गरिदियोस् ।

 

 

डा जमल असरफ, सिभिल अस्पताल

मेडिकल काउन्सिल हाम्रो अभिवावक हो, त्यसैले यहाँ आउने नयाँ कार्यसमिति चिकित्सक मैत्री भैदियोस् ।

चिकित्सकको क्षमता र गुणस्तरवृद्धिका लागि काउन्सिलले नेतृत्वदायी भूमिका खेलिदिन पर्छ ।

साथै तलब सुविधा र सुरक्षाको सुनिश्चित गर्न प्रभावकारी ऐन कानुनी तथा योजना सार्वजनिक गरिदिउन् भन्ने नयाँ कार्यसमितिसँग अपेक्षा छ ।

साथै एक पटक दर्ता तथा नवीकरण पछि बारम्बार शुल्क थप्नु पर्ने, कागजपत्र बारम्बार बुझाइरहनु पर्ने बाध्यताबाट चिकित्सकलाई मुक्त गरिदिनु पर्छ ।

 

नेपाल मेडिकल काउन्सिल

लोकप्रिय

ताजा अप्डेट
ट्रेंडिंग