Logo

डा यादवले अभिव्यक्ती सच्याए
"भुल बस वर्ड सिल्प भयाे"

Content Editor
सोमवार, कार्तिक १५, २०७८ मा प्रकाशित

नेपाल मेडिकल काउन्सिलको निर्वाचनमा उपाध्यक्षका उम्मेदवार डा राम परिक्षण यादवले अभिव्यक्ती सच्याएका छन् । डाक्साब डटकमसँग उम्मेदवारीका विषयमा कुरा गर्दै डा यादवले यस अघि स्वदेशमै पढेका चिकित्सकलाई लाइसेन्स परीक्षा लिन आवश्यक नभएको अभिव्यक्ती दिएका थिए ।

(अन्तवार्ताको अडियो रेकर्ड डाक्साब डटकमसँग सुरक्षित छ)

अन्तरवार्ता प्रकाशन भएपछि भने डा यादवको अभिव्यक्तीलाई लिएर चिकित्सा क्षेत्रमा बहस सुरु भएको छ ।

अहिले पनि डा यादवले आँफू काउन्सिलले लिने लाइसेन्स परीक्षाको पक्षमै रहेको बताएका छन् । यस अघिको अन्तवार्तामा भुल बस ‘वर्ड सिल्प’ भएको भन्दै सच्याएका हुन् ।

चिकित्स्कको तलब सुविधा वृद्धी र काउन्सिललाई संघिय संरचनामा लैजाने मात्रै आफ्नो मुल एजेण्डा भएको डा यादवको भनाइ छ ।

नेपाल मेडिकल काउन्सिल

लोकप्रिय

ताजा अप्डेट
ट्रेंडिंग