Logo

कार्तिक २८ गतेबाट पुन: फाइजर खोप लगाइने
१२ वर्षमाथिका दीर्घ राेगका बिरामीहरुलाई यो खोप दिइने

Content Editor
शनिबार, कार्तिक १३, २०७८ मा प्रकाशित

यस अघि लगाउन छुटेका १२ वर्षदेखि माथिका दीर्घ राेगका बिरामीहरुलाई कार्तिक २८ गतेबाट कोरोना विरुद्धको खोप ‘फाइजर’ लगाइने भएको छ ।

देशका ठुला तथा विशेषज्ञ सेवा भएका विभिन्न २४ वटा अस्पतालबाट फाइजर खोप लगाउने तयारी भएको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका अनुसार देशका २४ ठुला अस्पतालबाट याे खाेप दिइनेछ ।

अस्पतालमा उपचाररत क्यान्सर, मुटु, मधुमेह, दम, एचआईभी लगायतका रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरुलाई खोपको पहिलो प्राथमिकतामा रहने छन्र ।

कोभ्याक्स सुविधाअन्तर्गत अमेरिकाबाट नेपालले प्राप्त गरेको १ लाख डोज फाइजर खोप सोमबार नेपाल आउन लागेको हाे ।


लोकप्रिय

ताजा अप्डेट
ट्रेंडिंग