Logo

बिरामीको उपचार गर्ने सबैले नामको अगाडि ‘डाक्टर’ लेख्न पाइन्छ ? 
सचेत हुन् मेडिकल काउन्सिलकको आग्रह

Content Editor
शुक्रबार, कार्तिक १२, २०७८ मा प्रकाशित

ग्रामीण भेगमा चिकित्सकको संख्या निकै कम छ । जसको फाइदा उठाउँदै  ‘डाक्टर’ लेख्ने योग्यतानै नपुगेका स्वास्थ्यकर्मीले समेत  सेतो एप्रोन लगाएर, औषधी लेखिदिएकै भरमा ‘डाक्साब’ हुने मात्रै होइन, नामको अगाडि डा. लेखेरै होडिङ बोर्ड लगाएको भेटिन्छ । 

 बिरामीको उपचारमा संलग्न हुने सबै स्वास्थ्यकर्मीले नामको अगाडि डाक्टर लेख्न पाउँदैनन् । विना योग्यता नामको अगाडि डाक्टरले लेख्ने प्रवृत्ति बढेपछि नेपाल मेडिकल काउन्सिलले सूचना नै जारी  गरेर सचेत गराएको छ। 

नेपाल मेडिकल काउन्सिल ऐन, २०२० को दफा २ को परिभाषा ( घ ) मा ’ चिकित्सक’ भन्नाले मान्यता प्राप्त शिक्षण संस्थाबाट आधुनिक चिकित्सा प्रणाली अन्तर्गत चिकित्सा शास्त्रमा स्नातकोपाधि प्राप्त गरी सो सम्बन्धी व्यवसायमा लागेको व्यक्ति सम्झनु पर्छ, भन्ने उल्लेख छ ।


सोही ऐनको दफा २ को परिभाषाः (घ १) मा “विशेषज्ञ चिकित्सक भन्नाले सम्बन्धित विषयमा मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातकोत्तर उपाधि डिग्री, डिप्लोमा प्राप्त गरेको एवं तोकिए बमोजिमको विशेषज्ञ तालिम प्राप्त गरी सम्बन्धित व्यवसायमा लागेको चिकित्सक सम्झनु पर्छ भन्ने व्यवस्था छ ।

यसैगरी नेपाल मेडिकल काउन्सिल ऐन, २०२० को दफा २७ ( १ ) मा कुनै व्यक्तिले आधुनिक औषधि सम्बन्धी चिकित्साको काम गर्ने हेतुले आफूले नपाएको आधुनिक औषधि सम्बन्धी डिग्री, डिप्लोमा, सर्टिफिकेट, लाइसेन्स वा उपाधि आफ्नो नामसँग जोडी लेख्न वा लेख्न लगाउन हुँदैन भन्ने व्यवस्था रहेको छ।

आधुनिक चिकित्साको स्नातक तह र सोभन्दा माथिल्लो तहको अध्ययन पूरा गरेको ब्यक्तिलाई विश्वविद्यालयबाट प्रदान गरिने उपाधिमा चिकित्सक वा डाक्टर भनी उपाधि दिइएको हुन्छ। चिकित्सा शास्त्रमा स्नातक उपाधि हासिल गरी नेपाल मेडिकल काउन्सिलमा प्रक्रिया बमोजिम चिकित्सकको रुपमा नाम दर्ता भएपछि त्यस्तो व्यक्तिको नामको अगाडि चिकित्सक वा डाक्टर उपाधि सहित लाइसेन्स प्रमाणपत्र प्रदान गरिएको हुन्छ ।

 सम्बन्धित काउन्सिल वा परिषद्बाट प्रदान गरिने दर्तामा चिकित्सकको उपाधि नभएका व्यक्तिले सो उपाधि प्रयोग गर्नु गैरकानुनी ठहरिने कानुनले उल्लेख गरेको छ ।


लोकप्रिय

ताजा अप्डेट
ट्रेंडिंग