Logo

देवदह मेडिकल कलेजमा हाड जोर्नीको अप्रेसनसम्बन्धि सेमिनार तालिम  सम्पन्न
असार २० र २१ गते  देवदह मेडिकल कलेजमा Basic Principles of Fracture management for Operating Room Personnel नामक अन्तर्राष्ट्रिय सेमिनार तालिम  सम्पन्न

डाक्साब
मङ्लबार, असार २२, २०७८ मा प्रकाशित

AO Alliance Nepal को आयोजनामा गत असार २० र २१ गते  देवदह मेडिकल कलेजमा Basic Principles of Fracture management for Operating Room Personnel नामक अन्तर्राष्ट्रिय सेमिनार तालिम  सम्पन्न भएको छ । मूलतः अस्पतालको अप्रेसन कक्षमा काम गर्ने स्वास्थ्यकर्मीलाई  हाड जोर्नीको अप्रेसन गर्दा अपनाउनु पर्ने सजगता, अप्रेसनको क्रममा आइपर्ने जटिलताको समाधान तथा विभिन्न किसिमका अप्रेसनको सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गरिएको  थियो ।  यस तालिममा भैरहवा मेडिकल कलेज, लुम्बिनी प्रादेशिक अस्पताल, देवदह मेडिकल कलेज, क्रिम्शन अस्पताल, चौराहा अस्पताल, लुम्बिनी नर्सिङ अस्पताल, एडमण्ड अस्पतालका गरी ३० जना स्वास्थ्यकर्मीको उपस्थिति थियो । कोभिड -१९ को महामारीको समयमा सुरक्षाको अन्तर्राष्ट्रिय मापदण्ड प्रयोग गरेर उक्त कार्यक्रम पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानकी सिनियर नर्स क्षेत्र कुमारी रोक्का तथा नेपाल मेडिकल कलेजका वरिष्ठ हाड जोर्नी विशेषज्ञ डा बिजेन्द्र अधिकारीको अध्यक्षतामा भएको थियो । कार्यक्रमको समापनमा देवदह मेडिकल कलेजका अस्पताल निर्देशक डा विक्रम ज्ञवाली, कलेजका प्राचार्ये डा पी सी महाजन , शल्य चिकित्सा  विभागका प्रमुख डा बाबुराम पौडेलले प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गर्नु भएको थियो । त्यसै गरी   AO Alliance Nepal का प्रमुख प्रा डा रमेश प्रसाद सिंहले प्रशिक्षकहरूलाई प्रमाणपत्र प्रदान गर्नु भएको थियो। यो तालिम अप्रेसन कक्ष र विशेष गरी हाड जोर्नी सम्बन्धी अप्रेसनमा संलग्न स्वास्थ्यकर्मी- नर्स तथा हेल्थ असिस्टेन्टहरूलाई एकदमै फलदायी रहेको प्रमुख प्रशिक्षक मध्येका एक देवदह मेडिकल कलेजका हाड जोर्नी विभाग प्रमुख वरिष्ठ हाड जोर्नी विशेषज्ञ  डा जय राज शर्माले बताउनु भयो।


लोकप्रिय

ताजा अप्डेट
ट्रेंडिंग