Logo

आज देशभरि ५ हजार ८७ संक्रमित थपिए

डाक्साब
शुक्रबार, पुस ३०, २०७८ मा प्रकाशित

पुस ३०, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार आज थप ५ हजार ८७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २० हजार ५६० जनाको कोरोना परीक्षण गर्दा ५ हजार ८७ जना सङ्क्रमित थपिएका हुन् । मन्त्रालयको अनुसार १३ हजार ४७४ जनाको पिसिआर परीक्षण र ७ हजार ८६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

त्यसै गरी आज ३०६ जना कोरोना मुक्त भएको मन्त्रालयले जनाएको छ । कोरोना सङ्क्रमणकै कारण पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ । आज ३ जनाको मृत्यु भए सँगै हाल सम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६१३ पुगेको छ । र हाल नेपाल भर १८ हजार २३५ जना सक्रिय सङ्क्रमितहरू रहेका छन् ।

नेपाल कोभिड अप्डेट

लोकप्रिय

ताजा अप्डेट
ट्रेंडिंग