Logo

ओमिक्रन भेरियन्ट कस्तो प्रकारको भेरियन्ट हो ? यसबाट बच्न किन बुस्टर डोजको आवश्यकता पर्दछ ?

निशा डाँगी
शुक्रबार, पुस ३०, २०७८ मा प्रकाशित

काठमाडौँ, पुस ३०। एक साता अगाडी सम्म नेपालमा दैनिक रूपमा २ सय देखि ३ सयको हाराहारीमा कोरोना भाइरसका नयाँ सङ्क्रमितहरू थपिरहेका थिए । आज भोलि उक्त सङ्ख्या बढेर ३ देखि ४ हजारको हाराहारीमा थपिने गरेका छन् । अझै कोरोना परीक्षण दरलाई बढाउने हो भने दैनिक ५ हजार भन्दा बढीमा सङ्क्रमण देखिने विज्ञहरू बताउँछन् ।
ओमिक्रोन भेरियन्ट कस्तो प्रकारको भेरियन्ट हो, यसका लक्षणहरू के के हुन् र बुस्टर डोज किन आवश्यक छ भन्ने विषयमा त्रि.वि शिक्षण अस्पतालमा कार्यरत माइक्रबायोलोजिष्ट डा. रञ्जित शाह सँग कुराकानी गरेका छौँ ।

१. ओमिक्रोन भेरियन्ट कस्तो प्रकारको भेरियन्ट हो ?
ओमिक्रोन भेरियन्ट यस अगाडी आएका भेरियन्ट डेल्टा र गाभा जस्तै प्रकारको भेरियन्ट हो तर अन्यको तुलनामा यसले त्यति धेरै ग्राहो नबनाउने तर अन्य भेरियन्ट भन्दा छिटो छिटो सर्ने प्रकारको भेरियन्ट हो ।

२. यसका लक्षणहरू के के हुन् ?
ओमिक्रोनका लक्षणहरू साधारण रुघाखोकीको जस्तै हुन्छ जस्तै टाउको दुख्ने, ज्वरो आउने, १ देखी २ दिन सम्म घाँटी दुख्ने, रुघा लाग्ने, शरीर थाकेको वा भारी हुने जस्ता सामान्य लक्षणहरू मात्र देखिन्छन् ।३. हाल अस्पतालमा कस्ता बिरामीहरू उपचार रथ छन् ?
अन्य भेरियन्टमा एक जना व्यक्तिबाट ४ देखि ५ जनामा सर्ने गर्थ्यो भने ओमिक्रोन भेरियन्ट एक जनाबाट १० देखि १५ जना सम्मलाई सर्ने गर्दछ । त्यसैले गरेर सबै उमेर समूहका व्यक्तिहरू अस्पताल आउने गरेका छन् तर अस्पतालमा नै भर्ना हुनुपर्ने बिरामीहरू भने दिर्गरोगीहरु , दमका बिरामी, मुटुका बिरामी, डायबिटिजका बिरामीहरू धेरै छन् ।

४. ओमिक्रोन विरुद्ध लड्न बुस्टर डोजको आवश्यक किन छ ?
बुस्टर डोज अथवा अतिरिक्त खोप ओमिक्रन भेरियन्टको लागि मात्र नभएर सम्पूर्ण भेरियन्टको लागि आवश्यक छ । किनकि हामीले लगाएका खोपहरुले लगभग ६ महिना सम्म मात्र काम गर्ने भएकाले हामी सबैलाई बुस्टर डोजको आवश्यक पर्छ ।
अर्को के पनि देखिएको छ भने, खोप लगाएका व्यक्तिहरूमा कोरोना भाइरस सँग लड्ने क्षमता धेरै भएको हुँदा उनीहरूमा गम्भीर प्रकारका लक्षणहरू नदेखिने अध्ययनहरूले देखाएका छन् । त्यसैले गर्दा अब सबै जनाले बुस्टर डोज लगाउन आवश्यक छ ।

५. नेपालमा पनि ओमिक्रोन भेरियन्ट भित्रिसकेको छ, यसबाट बच्न विशेष गरी के के कुरामा ध्यान दिनुपर्छ ?
हामीले सुरु देखि नै भन्दै आएका हौ नाक, मुख छोपिने गरी मास्कको प्रयोग गर्ने, समय समयमा हात मिचिमिची धुने वा स्यानिटाइजरको प्रयोग गर्ने, सामाजिक दुरी कायम गर्ने, अनावश्यक रूपमा घर बाहिर नजाने, यदि जानै परेमा सामाजिक दुरीको पालना गर्ने गरियो भने सजिलो सँग ओमिक्रोन भेरियन्टबाट बच्न सकिन्छ ।


लोकप्रिय

ताजा अप्डेट
ट्रेंडिंग