Logo

जीवन बचाउन मद्दत हुन्छ भन्दै बाइडनले ल्याएके नीति सर्वेच्च अदालतद्धारा रोक

डाक्साब
शुक्रबार, पुस ३०, २०७८ मा प्रकाशित

अन्तर्राट्रिय, पुस ३० । ठूला कम्पनीका कर्मचारीहरूले खोप लगाउनुपर्ने र साप्ताहिक रूपमा कोरोनाभाइरसको परीक्षण गर्नुपर्छ भन्ने राष्ट्रपति जो बाइडनको खोप नीतिमाथि अमेरिकी सर्वोच्च अदालतले रोक लगाएको छ ।

देशकै माथिल्लो तहको अदालतका न्यायाधीशहरूले उक्त खोप नीति बाइडन प्रशासनको अधिकारभन्दा बाहिर रहेको बताएका छन् । तर उनीहरूले सरकारी कोषबाट चलेका स्वास्थ्य सेवा केन्द्रहरूमा कार्यरत कर्मचारीले खोप लगाउनुपर्ने बाइडनको नीतिलाई भने स्वीकृति दिएका छन् । बाइडन प्रशासनले ठूला कम्पनीका कर्मचारीहरुले खोप लगाउनुपर्ने र साप्ताहिक रुपमा कोरोना परीक्षण गर्नुपर्ने नीतिले कोरोनाभाइरसको महामारीविरुद्ध लड्न मद्दत गर्ने जनाउँदै आएको छ ।

जीवन बचाउने ठानेर आफूले ल्याएको नीतिलाई अदालतले अस्वीकार गर्दा त्यसमा आफू निराश भएको बाइडनले बताएका छन् । तर सरकारी स्वास्थ्यकर्मीलाई खोप अनिवार्य लगाउने भन्ने आफ्नो नीतिलाई अदालतले स्वीकृति दिन गरेको निर्णयको चाहिँ उनले स्वागत गरेका छन् ।

गत नोभेम्बरमा यो नीति घोषणा गरिएसँगै तत्कालै यसविरुद्ध मुद्दाहरू परेका थिए । सर्वोच्च अदालतका ९ न्यायाधीशमध्ये ६ जनाले नीतिविरुद्ध निर्णय सुनाएका हुन् । कोरोनाभाइरसको नयाँ भेरिअन्ट ओमिक्रोनका कारण अमेरिकाले महामारीको नयाँ लहर देखिरहेको बेला अदालतको यो निर्णय आएको हो । अहिलेसम्म ६० प्रतिशतभन्दा बढी अमेरिकीले पूर्णमात्रा खोप लगाइसकेका छन् ।
स्रोेत : एजेन्सी


लोकप्रिय

ताजा अप्डेट
ट्रेंडिंग