Logo

आज देशभरि ३ हजार ५५३ र काठमाडौँ उपत्यकामा १ हजार ९१६ संक्रमित थपिए

डाक्साब
बिहिबार, पुस २९, २०७८ मा प्रकाशित

पुस २९, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार आज थप ३ हजार ५५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १५ हजार ०८१ जनाको कोरोना परीक्षण गर्दा ३ हजार ५५३ जना संक्रमित थपिएका हुन् । मन्त्रालयको अनुसार १० हजार ४९८ जनाको पिसिआर परीक्षण र ४ हजार ५८३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

त्यसै गरि आज २७१ जना कोरोना मुक्त भएको मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणकै कारण पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ । आज १ जनाको मृत्यु भए सँगै हाल सम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६१० पुगेको छ । र हाल नेपाल भर १४ हजार ३४० जना संक्रिय संक्रमितहरु रहेकाछन् । जसमध्ये १३ हजार ५०३ जना होम आइसोलेसनमा रहेका छन् भने ८३७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ११० जना आईसीयू र २५ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा १ हजार ४ सय ४९, भक्तपुरमा १ सय ५० र ललितपुरमा ३ सय १७ जना गरी उपत्यकामा १ हजार ९ सय १६ जना थपिएका छन् ।


लोकप्रिय

ताजा अप्डेट
ट्रेंडिंग