Logo

दक्षिण एसियामा रहेका कुन देशमा धेरै सङ्क्रमण, र कुन देशमा कोरोना सङ्क्रमणका कारण कतिको मृत्यु भयो ?

निशा डाँगी
बिहिबार, पुस २९, २०७८ मा प्रकाशित

काठमाडौँ, पुस २९। जोन्स हप्किन्स विश्व विद्यालयले दिएको तथ्याङ्क अनुसार दक्षिण एसियामा रहेका देशहरू मध्ये भारतमा हाल सम्म सबै भन्दा बढी कोरोना सङ्क्रमण भएका व्यक्तिहरू रहेका छन् । भारतमा हाल सम्म ३ करोड ६० लाख ७० हजार ५१० जनामा कोरोना सङ्क्रमण भएको छ भने कोरोना सङ्क्रमणकै कारण भारतमा हाल सम्म ११ लाख ६५ हजार १६२ जनाको मृत्यु भइसकेको छ।

हप्किन्सकै तथ्याङ्क अनुसार दक्षिण एसियाको दोस्रो बढी सङ्क्रमित हुने देश बङ्गलादेश रहेको छ, जसमा हाल सम्म १६ लाख १ हजार ३०५ रहको छ र हाल सम्म बङ्गलादेशमा २८ हजार १११ जना कोरोना सङ्क्रमितहरूको मृत्यु भएको छ । तेस्रो स्थानमा पाकिस्तान रहेको छ, जहाँ हाल सम्म १३ लाख ९ हजार २४८ जनामा सङ्क्रमण भएका छन् र कोरोनाकै कारण पाकिस्तानमा २८ लाख ९८७ जनाको मृत्यु भइसकेको छ।

नेपालमा भने दक्षिण एसियामा धेरै सङ्क्रमित हुने देशहरूको चौथो स्थानमा परेको छ । जहाँ हाल सम्म ८ लाख ३८ हजार ३७५ जनामा कोरोना सङ्क्रमण भइसकेको छ भने कोरोनाकै कारण पुस २८ गते सम्म ११ हजार ६०९ जनाको कोरोना सङ्क्रमणकै कारण मृत्यु भएको छ । र सबै भन्दा अन्तिममा भुटान रहेको छ । किनकि अन्य देशमा भन्दा सबैभन्दा थोरै सङ्क्रमित भएको देश भुटान रहेको छ । जहाँ हाल सम्म २ हजार ८३७ जनामा सङ्क्रमित भएका छन् भने ३ जनाको मृत्यु भएको छ।

 

तथ्याङ्कहरु :

देश                          कुल केसहरू       मृतकहरूको सङ्ख्या

१. भारत                       ३,६०,७०,५१०      ११,६५,१६२
२. बंगलादेश                १६,०१,३०५          २८,१११
३. पाकिस्तान               १३,०९,२४८          २८,९८७
४. नेपाल                      ८,३८,३७५           ११,६०९
५. श्री-लंका                  ५,९३,७२५           १५,१६३
६. अफगानिस्तान         १,५८,५११            ७,३७६
७. माल्दिभ्स                 ९९,६३५               २६४
८. भुटान                      २,८३७                  ३


लोकप्रिय

ताजा अप्डेट
ट्रेंडिंग