Logo

भारतमा बुधबार थपिए २ लाख ४५ हजार ५२५ नयाँ सङ्क्रमित
छिमेकी मुलुकमा जस्तै नेपालमा पनि दैनिक थपिने संक्रमितहरुको संख्या उकालो लाग्दै

डाक्साब
बिहिबार, पुस २९, २०७८ मा प्रकाशित

अन्तर्राट्रिय, पुस २९ । भारतमा बुधबार एकै दिन २ लाख ४५ हजार ५२५ जना नयाँ सङ्क्रमित थपिएका छन् । यही अवधिमा ८४ हजार ४७९ जना निको भए भने ३७९ जनाको मृत्यु भएको छ । भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्यामा १ लाख ६१ हजार ७२१ जना थपिएका छन् भने भारतमा हाल ११ लाख ११ हजार सक्रिय सङ्क्रमित रहेका छन् । तेस्रो लहरमा सुरु भएयता सक्रिय सङ्क्रमितको सङ्ख्या ११ लाख बढी पुगेको यो पहिलो पटक हो ।

एकै दिनमा नयाँ सङ्क्रमितको सङ्ख्यामा ५२ हजारले वृद्धि भएको छ । यसअघि मंगलबार १ लाख ९३ हजार सङ्क्रमित थपिएका थिए । हालसम्म भारतमा ३.६३ करोड जनसङ्ख्या कोरोना सङ्क्रमित भइसकेका छन् । यसमध्ये ३.४७ करोड सङ्क्रमणमुक्त पनि भइसकेका छन् । भारतमा हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट ४ लाख ८५ हजार ३६ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै, भारतको राजधानी नयाँ दिल्लीमा सङ्क्रमण दर बढेर २६.२२ प्रतिशत पुगेको छ । यसअघि मे ५ मा दिल्लीको सङ्क्रमण दर २५ प्रतिशत पुगेको थियो । कोरोनाभाइरसको सङ्क्रमणबाट भारतका सबैभन्दा प्रभावित ५ राज्यहरूमा महाराष्ट्र, पश्चिम बंगाल, दिल्ली, तमिलनाडु र कर्नाटक रहेका छन् ।

छिमेरी मुलुक भारतमा जसरी नै नेपालमा पनि कोरोनाको तेस्रो लहर सुरु भइसकेको विज्ञहरु बताउछन् । एक साता अगाडी दैनिक थपिने संक्रमितहरुको संख्या भन्दा ७ प्रतिशतले बढीरहेको छ (२१ गते ४३५ थपिएका थिए भने, २८ गते ३ हजार ७५ जना थपिएका छन् ) । अब दिनप्रति दिन यसरी नै नयाँ थपिने संक्रमितको संख्यामा वृद्धि आउने हो भने अस्पतालमा बिरामीहरुको चाप निकै नै बढ्न सक्ने विज्ञहरु बताउँछन् ।

स्रोत : एजेन्सी


लोकप्रिय

ताजा अप्डेट
ट्रेंडिंग