Logo

दिनप्रति दिन संक्रमित थपिनेको संख्यामा वृद्धि, आज थपिए ३ हजार ७५ जना

डाक्साब
बुधबार, पुस २८, २०७८ मा प्रकाशित

पुस २८, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार आज थप ३ हजार ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १३ हजार ३६ जनाको कोरोना परीक्षण गर्दा ३ हजार ०७५ जना सङ्क्रमित थपिएका हुन् । त्यसै गरि आज २ सय ७८ जना कोरोना मुक्त भएको मन्त्रालयले जनाएको छ ।

कोरोना सङ्क्रमणकै कारण पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । आज २ जनाको मृत्यु भए सँगै हाल सम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६०९ पुगेको छ । र हाल नेपाल भर ११ हजार ६९० जना सक्रिय सङ्क्रमितहरू रहेका छन् । जसमध्ये १० हजार ८१० जना होम आइसोलेसनमा रहेका छन् भने ८८० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ८७ जना आईसीयू र २२ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा १ सय २८ भक्तपुरमा १ सय ३४ र ललितपुरमा २ सय ३६ जना गरी उपत्यकामा १ हजार ५३८ जना थपिएका छन् ।


लोकप्रिय

ताजा अप्डेट
ट्रेंडिंग