Logo

स्वदेशमै पढेका चिकित्सकलाई परीक्षा लिन आवश्यक छैन
नेपाल मेडिकल काउन्सिल निर्वाचन विषेश

मन्दिरा खत्री / निशा डाँगी
आइतवार, कार्तिक १४, २०७८ मा प्रकाशित

नेपाल मेडिकल काउन्सिलको मंसिर मा हुन गैरहेको निर्वाचनका लागि उम्मेदवारहरू प्रचारप्रसारमा व्यस्त छन् । उपत्यकाबाहिर मंसिर ३ र ४ गते तथा उपत्यका भित्र मंसिर १० र ११ गते हुने निर्वाचनले काउन्सिलको आगामी ४ वर्षे कार्यकालका लागि १ उपाध्यक्ष सहित ८ सदस्य कार्यसमिति चयन गर्ने छ ।

निर्वाचन समितिले प्रकाशन गरेको नामावली अनुसार उपाध्यक्षका लागि ३ जना चिकित्सक भिड्दै छन् भने ८ सदस्यका लागि ३२ जनाले उम्मेदवारी दिएका छन्  ।

उपाध्यक्षका लागि डा प्रमोद कुमार यादव, डा शिवजी पौडेल र डा राम परिक्षण यादव उम्मेदवार रहेका छन् । चिकित्सकको आचारसंहिता, लाइसेनिङ , सीपीडी लगायतका विषय सबै उमेदवारका एजेण्डा बनेका छन् ।

३० वर्ष चिकित्सा क्षेत्रमा बिताएका डा राम परिक्षण यादव अहिले जनकपुरमा आफ्नै निल कृष्ण अस्पताल चलाएर बसेका छन् । लामो समय सरकारी स्वास्थ्य सेवामा रहँदा सरकारी स्वास्थ्यसंस्थामा कार्यरत चिकित्सकका समस्यालाई नजिकबाट देखेको, भोगेका मात्रै होइन निजी स्वास्थ्य संस्थामा रहेको चिकित्सक तथा चिकित्सा शिक्षाका विद्यार्थीहरूका समस्यालाई राम्रोसँग बुझेको बताउँछन् डा यादव ।

यि समस्या समाधानका लागि सरकारले निर्माण गरेका विभिन्न संरचनाहरू सँगै नेपाल मेडिकल काउन्सिललाई पनि यसका ऐनले दिएका अधिकारको सीमित घेरामा रहेर चिकित्सकका पक्षमा काम गर्न आँफू काउन्सिलमा जान लागेको यादको दाबी छ ।

आयोगले लिने लाइसेन्स परीक्षा सुधारलाई आफ्नो एजेण्डा बनाएका डा राम परिक्षण यादवले नेपालकै मेडिकल कलेजहरूमा पढेका नेपाली विद्यार्थीहरूले फेरी काउन्सिलको परीक्षा पास गर्नु पर्ने व्यवस्था परिमार्जन गर्नु पर्ने तर्क गर्छन् ।

चिकित्सा शिक्षामै गुणस्तरीयता वृद्धि गर्दै लाइसेन्सका लागि परीक्षा नलिने बहस आफूले सुरु गर्ने बताउँछन् । काठमाडौँमा मुख्य कार्यालय राखेर सातै प्रदेशमा काउन्सिलका प्रदेश संरचरना निर्माण गर्नका लागि आफ्नो उम्मेदवारी रहेको दाबी गर्छन् ।

चिकित्सकको सेवा सुविधा वृद्धिका, गुणस्तरीय सेवा प्रवाह  लागि काउन्सिलले तालिम सञ्चालन गर्न, विषेशज्ञ चिकित्सकको अनुभव आदान प्रदानका लागि काउन्सिलले समन्वयकारी भूमिका निभाउने लगायतका एजेण्डा बोकेर आँफू चुनावमा लागेको बताउँछन् । डा राम परिक्षण यादव ।

नेपाल मेडिकल काउन्सिल

लोकप्रिय

ताजा अप्डेट
ट्रेंडिंग