Logo

डिप्रेसन, एक जानकारी
एक सामान्य तर गम्भीर स्वास्थ्य समस्या तर उचित उपचार पछि छिटो निको हुने मानसिक रोग

डा. अनिता रौनियार
शनिबार, जेष्ठ २९, २०७८ मा प्रकाशित

डिप्रेसन हुनु वा कुनै पनि शङ्कास्पद मानसिक समस्या लिएर मनोचिकित्सकसँग परामर्श लिनु भनेको आफू पागल हुन लगेको भन्ने सोच्ने र उपचारमा ढिलासुस्ती गर्ने गरेको प्रशस्तै देखिन्छ, जुन एकदमै गलत हो । डिप्रेसन एक सामान्य तर गम्भीर स्वास्थ्य समस्या हो जसमा तपाईँ हाम्रो भावना, सोच तथा व्यवहार नकारात्मक असार पैदा हुने  गर्दछ । यस रोगमा मानिस दुखी हुने, केही कुरामा पनि रुचि नरहने, साथै भावनात्मक तथा शारीरिक समस्याहरू पैदा भई दैनिक कामकाज गर्ने क्षमतामै ह्रास आउने आदी खालका समस्याहरू देखा पर्दछ । यसका अन्य लक्षणहरूमा :

  • खानामा रुचि हराउँदै जानु,
  • निद्रा नलाग्नु वा धेरै निद्रा लाग्नु,
  • आलसयता तथा कमजोरी महसुस हुनु,
  • काममा वा बोलीमा सुस्तता आउनु,
  • हीनताबोध हुनु,
  • सोच्ने क्षमतामा कमी हुनु वा ध्यानपूर्वक कामहरू गर्न नसक्नु,
  • आफ्नै  स्याहार सुसार ठिकसँग नगर्नु,
  • आफूलाई बेकारको महसुस गर्नु,
  • जिन्दगीको महत्त्व नदेख्नु र
  • आत्महत्या गर्ने सोच आउनु सम्म पर्दछ ।

उचित उपचारको अभावमा यसै समस्याका कारण धेरैले ज्यान गुमाएका समेत छन् । तर  यी लक्षणहरू दुई वा दुई हप्ता भन्दा बढी समयसम्म रहेमा मात्र त्यसलाई डिप्रेसन भन्न सकिन्छ । साथै अन्य स्वास्थ्य समस्याहरू जस्तै थाइरोइडको समस्या, ब्रेन ट्युमर, शरीरमा भिटामिनहरूको कमी आदिमा पनि यस्ता लक्षण देखा पर्न सक्दछन्, त्यस कारण डिप्रेसन नै हो भन्न का लागी विशेषज्ञ चिकित्सकबाट नै पुस्टी हुनुपर्दछ ।

अमेरिकी मनोचिकित्सकहरूको एक खोजका अनुसार कुनै एक  वर्षमा हरेक १५ जनामा १ जना डिप्रेसनबाट पीडित हुने देखाएको छ भने, हरेक ६ जनामा १ जना जीवनको कुनै समयमा यस रोगबाट पीडित रहने गरेको तथ्य अगाडी सारेको छ । जीवनको कुनै पनि समयमा लाग्न सक्ने यस रोगबाट मुख्यतः टिनएजको अन्तदेखि २० को पूर्वार्ध उमेरमा बढी देखिन्छ भने महिलाहरू यस रोगबाट बढी पीडित हुने गरेका पाइन्छ । एक अनुसन्धानले देखाए अनुसार एक तिहाइ महिलाहरू जीवनको कुनै समयमा Major Depressive Disorder- (मूल डिप्रेसनजन्य दुरावस्था) बाट गुज्रन्छन् ।

यस मानसिक समस्याले जो कोहीलाई पनि आक्रान्त बनाउन सक्तछ- बाहिरबाट हेर्दा सब कुरा पुगिसारी देखिने, जीवनमा केही कुराको अभाव नभएकाहरू पनि यस समस्याबाट गुज्रिने गर्दछन् ।

यस रोग लाग्नका लागी निम्न कुराहरूले मुख्य रूपमा योगदान पुर्याउँछ:

  • शारीरिक रसायन (दिमागमा सेरोटोनिन लगायतका रसायनको कमी आदि),
  • जेनिटिक्स्(वंशाणुगत)- कतिपय अवस्थामा पुरै परिवार डिप्रेसनको सिकार बन्न सक्छ भने जुम्ल्याहाहरूमा एकमा डिप्रेसन हुँदा अर्कोमा पनि ७०% डिप्रेसन हुने देखिएको छ,
  • व्यक्तित्व- कमजोर इच्छाशक्ति भएका वा कमलो मुटु भएकाहरूले कुनै पनि तनाव व्यवस्थापन सजिलै गर्न सक्दैनन् र यस रोग बाट छिटै पीडित हुन्छन् वा
  • तावरणीय प्रभावहरू: शारीरिक तथा मानसिक हिंसा,उपेक्षा,गरिबी, आतङ्क आदी बाट गुज्रनु  लगायत ।

यो एक गम्भीर मानसिक समस्या भए पनि अन्य मानसिक समस्याको तुलनामा उचित उपचार पछि छिटो निको हुने रोग हो । यसको निदान पश्चात् विशेषज्ञ मनोचिकित्सकहरूद्वारा उपचारका विभिन्न पद्धति अपनाइन्छन् जसमा औषधी हरूको प्रयोग, साइकोथेरापि, एलेक्ट्रो-कन्भल्सिभ थेरापी आदी पर्दछ । आफूलाई डिप्रेसनबाट बचाउन वा यसबाट मुक्त रहन हामी आफैले पनि योगदान पुर्‍याउन सक्छौ जस्तै: नियमित शारीरिक व्यायाम, आफ्ना नजिकका परिवार, साथीहरूसँग मनका कुरा बाढ्नु, स्वस्थ खानपान ( रक्सीजन्य पदार्थ नखानु जुन डिप्रेसिभ तत्त्व हो) आदि ।

आत्महत्या डिप्रेसन तनाव मनरोग मानसिक रोग

लेखक परिचय

डा. अनिता रौनियार

एम्.बि.बि.एस्.


लोकप्रिय

ताजा अप्डेट
ट्रेंडिंग