Logo

कोभिड १९ : चिनौँ अनि जितौँ
के हो कोरोना भाइरस ? कति को खतरनाक ? बाँच्न के गर्ने ?

डा. प्रभाकर पोखरेल
शुक्रबार, फाल्गुन ७, २०७७ मा प्रकाशित

म भाइरसको ठुलो फ्यान हु । यो पढ्दा तपाईंहरुलाई रिस उठ्ला तर बाघ, हात्ती जस्तो ठुलो शरीर भएको, मान्छे जस्तो ठुलो बुद्धि भएको प्राणीलाई आँखाले त के , माईक्रोस्कोपले पनि देख्न गाह्रो हुने, मरेको हो कि जिउँदै छ भन्ने कीटाणुले आछु, आछु पारेको छ । कोरोनाले संसार हल्लायो भन्ने कुरा, भारत र चाइना जस्तो विशाल देशको बिचमा एउटा सानो, अति सानो देश नेपालमा बस्ने म एक डाक्टरले सोच्दा नेपाल र भाइरस, उस्तै उस्तै लाग्छ । लक्ष्मी प्रसाद देवकोटाजीको “के नेपाल सानो छ” पढेको याद आउँछ । अनि लाग्छ के भाइरस सानो छत? भाइरस आफ्नो छैन बराबरको शरीर भित्र असीमित एउटा ठुलो सपना, आट र आत्म विश्वास बोकेको मौका मिले संसारलाई नै राज गर्ने गोर्खाली सेना झैँ लाग्दछ ।

के हो भाइरस ?

केही DNA, RNA , Protein हरू सँग कुनै कुनैमा बोसोको पातलो कोट भएको, अस्त चिरञ्जीवी झैँ कहिले नमर्ने अनि योगमा लामो समय निष्क्रिय भएर पनि बाँच्न सक्ने योगी झैँ निष्क्रिय (मरेको हो कि , बेहोस हुन ) बस्ने यी भाइरस जीवित प्राणी मा छिर्न पाए, उनी हरू कै ऊर्जा, तत्त्व प्रयोग गरेर पल भर मै लाखौँ हुने अचम्मको जीव हुन् । यिनीहरू सबैमा आक्रमण नगरी आ:आफ्ना सजिलो होस्ट (host) प्राणी खोज्छन् । यति सानो तत्त्व जीवन उपभोग गर्न सक्छ भन्दा अचम्म लग्थ्यो एमबिबिएस पढ्दा , अनि त्यो व्यासजीको श्लोक याद आउँछ । भाइरस जीवन बाँच्न चाहिने सार बोकेको छ जस्तो लाग्छ । गल्तीले मान्छेमा पल्केको कोरोना भाइरस (Covid 19) एउटा SARS भाइरसको एक प्रकारको रूपमा आउँछ ।

कोरोना कति को खतरनाक भाइरस हो ?

  • खुसीको कुरा के छ भने यो एच.आइ.भि. (HIV,AIDS) जस्तो एक चोटि भए जीवन भर हुने स्वभाव देखिँदैन ।
  • यो रेबिज (Rabies virus) जस्तो धेरै सुई लाउन पर्ने, नगरे १००% मरिने जस्तो रोग पनि हैन ।
  • यो धेरै जस्तो उपचार पनि नगर्दा पनि ठिक हुन सक्ने रोग हो, कसैलाई मात्र साह्रो गाह्रो हुने, अनि धेरै कमलाई ज्यान नै जाने हुन सक्ने बनाउँछ ।

त्यसो भए किन यति चासो ?

  • छिटो फैलिने रोग भएर ।
  • समाजमा सबै जना एकै चोटि बिरामी भए पछि कसले कसलाई हेर्ने ?
  • एकै चोटि सबैलाई पुग्ने स्वास्थ्य सुविधा हामी सँग छैन ।
  • डाक्टर, नर्से नै बिरामी भएपछि कसले उपचार गर्ने ?
  • थोरैमा नै सही, गाह्रो भएर च्यापेर मृत्यु भए नि दुःख भो नि, अनि त्यो मान्छे जो पनि हुन सक्छन्, त्यसैले किन भाइरस सित जोरी खोज्ने ।
  • अनि सङ्क्रमण भइराख्नु भनेको कीटाणु सक्रिय ( active) छ, निष्क्रिय वा जोगी बनाउन परेन ।
  • अनि यसको एकदम ठोस् उपचार आएको पनि छैन ।

अब एउटा डाक्टर को हिसाब ले सोच्ने हो भने यसको प्रकोप बाट बाँच्न के गर्ने त ?

  • कीटाणुलाई हाम्रो शरीर भित्र प्रवेश गर्न नदिने ।
  • राम्रो सित हात धुने, हात नाक मुख तिर नलग्ने ।
  • मास्कको प्रयोग गर्ने, जसले नाक-मुखमा छिर्न सक्ने सम्भावना घटाउँछ ।
  • एक अर्को सित दुरी कायम राख्ने, जसले गर्दा भाइरस बिचमा नै खसेर निष्क्रिय होस् ।
  • जथाभाबी जमघट, भेटघाट गर्ने, मिटिङ गर्ने , भिड गर्ने बन्द गरौँ ।
  • भाइरस लाई छिटो निष्क्रिय बनाउन स्यानिटाइजर (sanitizer) को प्रयोग गर्ने ।
  • साबुन पानीले मजा ले हात धुने, जसले गर्दा भाइरस छिटो निष्क्रिय हुन्छ ।
  • आफूलाई भएको शङ्का लागे isolation, quarantine मा बस्ने र आफ्नो शरीरलाई भाइरस सँग लड्न मद्दत गर्ने । आफ्नो मानसिक र शारीरिक स्वास्थ्य को ध्यान राख्ने ।

भाइरस सक्रिय भएको लक्षण

  • ज्वरो आउने
  • खोकी आउने
  • छाती दुख्ने आदि  ।

यस्तो अवस्था देखिएको बेला डाक्टर को सल्लाह लिनु पर्छ ।

याद राखौँ, केही लक्षण नभएकालाई पनि कोरोना भएको हुन सक्छ, उसले श्वासबाट कोरोनाका कीटाणु फ्याँक्न सक्छन् ।

  • हामी केहीमा रही रहे पनि, सबैमा फैलिन सक्छ ।
  • त्यसैले एक अर्कोको साथ दिँदै, सबै मिलेर यो बलियो खेलाडीलाई निष्क्रिय बनाऊ ।

 

कोभिड कोरोना भाइरस

लेखक परिचय

डा. प्रभाकर पोखरेल

सह प्राध्यापक, मनोचिकित्सक


लोकप्रिय

ताजा अप्डेट
ट्रेंडिंग