Logo

कोभिशिल्ड कोरोना भ्याक्सिनबारे चिरफार
खोप लगाइसकेपछि यसको असरहरु , यसका खतराहरु, प्रभावकारिता

डा. सरोज सुवाल
शुक्रबार, फाल्गुन ७, २०७७ मा प्रकाशित

कोभिड –१९ के हो ?
COVID-19 रोग SARS-CoV-2 भनिने कोरोना भाइरसको कारणले हुन्छ । जुन यस दशकको महामारीको रूपमा घोषणा गरिएको छ । हालसम्मको तथ्याड्ढ अनुसार विश्वभरिका लगभग सम्पुर्ण देशहरुमा संक्रमण भैसकेको छ र यसको संक्रमणवाट धेरैले ज्यान गुमाइसकेका छन । COVID-19 भाइरसवाट संक्रमित भएको ब्यक्तिसँग अर्का ब्यक्ति सम्पर्कको माध्यमबाट संक्रमित हुने यो रोग मुख्यतय श्वास–प्रश्वासको रोग हो ।

यसले श्वास–प्रश्वासमात्र नभई अन्य शरिरका महत्वपुर्ण अंगहरूलाई गम्भिर असर गरी मृत्यु समेत हुनसक्छ । यो रोगका लक्षणहरु साधारण देखि लिएर गम्भिरसम्मका रहेका छन । ज्वरो आउनु, खोकी लागि सास फेर्न गा¥हो हुने, हनहनती ज्वरो अउनु , पुरै शरीर दुख्नु, टाउको दुख्नु, स्वाद वा गन्ध थाहा नपाउनु जस्ता प्रमुख लक्षणहरु रहेका छन ।

कोभिशिल्ड भ्याक्सिन (Covishield Vaccine) के हो ?
कोभिशिल्ड भ्याक्सिन अक्सफोर्ड एस्ट्राजेनेकाद्वारा प्रतिपादित कोरोना भाइरस विरूद्धको खोप हो । जुन भारतको सिरम इन्स्टिच्युट कम्पनीले बनाएको हो । सिरम इन्स्टिच्युट विश्वको सबैभन्दा ठूलो खोप निर्माता कम्पनी हो । जसले एक महिनामा ५० करोड भन्दा बढी खोप उत्पादन गर्ने क्षमता राख्दछ । चिम्पाजीको Adenovirus लाई निकाली कोरोना भाइरस जस्तै देखिने गरी यसलाई प्रयोगशालामा परिमार्जन गरी कमजोर संस्करणबाट कोभिशिल्ड खोप बनाइएको हो । कमजोर संस्करण भएकै कारणले पनि यसले रोग सार्न सक्तैन ।

कोभिशिल्ड खोपले कसरी काम गर्छ ?

यो कोरोनाको खोप सुइमार्फत लगाएपछि हाम्रो शरिरको प्रतिरक्षा प्रणाली सक्रिय हुन्छ र भाइरस विरुद्ध एन्टिबडिहरु बनाउन थाल्छ । जब यी एन्टिबडीहरु पुर्णरुपमा बन्छ , कोरोनाको संक्रमणबाट हामीलाइ जोगाउँछ ।

कोभिशिल्ड भ्याक्सिन कसरी लिने ?
यो खोप ०.५ मिलिलिटरको मात्रामा दुई पल्ट लिनु पर्दछ भने सुइको मार्फत पाखुरामा लगाइन्छ । दोस्रो पल्टको खोप पहिलो पल्ट लिएको चार देखि छ हप्ता सम्ममा लिनुपर्ने हुन्छ । पहिलो पल्ट लिने बेलामा केही समस्या आएमा जस्तै गम्भिर किसिमका एलर्जी देखियो भने दोस्रो पटक लिनु हँुदैन । दोस्रो पल्टको खोप लिएको चार हप्ता पछिमात्र यस भाईरस विरुद्ध हाम्रो शरीरमा पुर्ण प्रतिरक्षा विकास हुन्छ ।

कोभिड खोप कत्तिको जोखिमयुक्त हुन्छ ?
कोभिड विरुद्धका खोपहरुको प्रयोगबाट त्यस्ता जटिल जोखिमहरु कमै हुने गर्छन् किनकी यी खोपहरु दशौँ हजार मानिसमा परिक्षण गरि उनीहरुमा कुनै प्रकारका नकारात्मक असरहरु नदेखिएपछि मात्र लगाउनका लागी स्विकृति प्रदान गरिएको हुन्छ । तर यो खोपबाट हुन सक्ने जोखिवाट भने सर्तक हुनुपर्दछ ।

Covishiled खोपका खराब असरहरु
कोरोना खोपहरु हालसालमा प्रयोगमा भएको कारण यसको साइड इफेक्टको सम्बन्धमा त्यति धेरै तथ्याड्ढ र अनुसन्धान उपलब्ध छैन । यसको साधारण असर तथा गम्भीर असरहरु हामी माझ त्यति स्पष्ट छैनन् ।

हाल यो खोपको प्रयोगले आएका असर हरुलाई  AEFI ( Adverse Effects Following Immunization ) भनिएको छ जनु दुई भागमा छुट्याईएको छ ।

1.साधारण असरहरु Simple AEFI

2. गम्भिर असरहरु Severe AEFI

साधारण असरहरु Simple AEFI 
एक साधारण प्रतिकुल प्रभाव को रूप मा भनिन्छ ।. यसले १० मध्ये १ भन्दा बढी व्यक्तिलाई असर गर्न सक्छ, जसले खोप लिएका छन् । प्रत्येक व्यक्तिले यी प्रतिकुल असरहरु नहुन सक्छ । खोप लिइसकेपछि निम्न किसिमका असरहरु देखा पर्न सक्छ जुन सामान्य रुपमा रहेको छ ।

१. खोप लिएको ठाउँमा दुख्नु र भारी हुनु,

२. खोप लगाएको ठाउँको हात तथा पाखुरा दुख्नु र सुन्निनु,

३. खोप लिएको ठाउँमा तातो भएको महसुस हुनु,

४. खोप लिएको ठाउँमा चिलाउनु तथा शरिर भरी नै चिलाउनु,

५. सामान्यतया अस्वस्थ महसुस हुनु ज्यु थाकेको अनुभव हुनु,

६. कसै–कसैलाइ चक्कर आउनुको साथै बेचैनी महसुस हुनु,

७. कसैलाई ज्यु चिसो हुनु भने कसैलाइ ज्वरो आउनु,

८. टाउको दुख्नु , टाउको भारी भएको महसुस हुनु,

९. वाक्वाक् लाग्नु, वान्ता हुनु तथा पेट दुख्नु,

१०. खोपको सुइ लगाएको ठाउँमा केही दिन सम्म गाँठो भएको महसुस हुनु,

११. रुघाका लक्षणहरू, जस्तै उच्च तापमान, घाँटी दुखाई, नाक बग्ने, खोकी, र चिसो लाग्नु,

१२. लिम्प ग्रन्थीहरु सुन्निनु ।

यी सबै साइड इफेक्टहरू कोभिसिल्ड भ्याक्सिन (Side effects of Covishield Vaccine)लिए पछि नहुन सक्छ झने कसै कसैलाइ दुई वा तीन भन्दा बढी असरहरु देखाउन सक्दछ । कसैलाई भने कुनै पनि असर नदेखाउन सक्छ । विभिन्न अनुभव अनुसार खोप लगाए पछि २ देखि ३, ४ वटा लक्षणहरु देखा परेको दोस्रो तथा तेस्रो किल्निकल ट्रायल परीक्षणमा देखिएका हुन । चौथो परीक्षणको समयमा पनि, यी असरहरु देखिन सक्छ र पनि यी वाहेक अरुपनि देखिने सम्भावना हुन सक्दछ ।

गम्भिर असरहरु Severe AEFI 
कोरोना भ्याक्सिन सामान्य असरहरु बाहेक यसको गम्भिर असरहरु पनि हुन सक्छ । हालसम्म यो खोपको गम्भिर तथा जटिल असरहरु त्यति धेरै देखिएका छैन भने यो अनुसन्धानको बिषय नै रहेको छ । हालसम्मका अनुसन्धानहरू हेर्दा गम्भिर खालका असरहरू साधारणा असरहरूको अनुपाटमा कमै देखाएको छ । हाल यो खोप शुरूको प्रयोगको अवस्थामा रहेकोले पुन प्रर्याप्त रूपमा नदेखिएको पनि हुन सक्ने विभिन्न जानकारहरूले बताएका छन । गम्भिर खालका असरहरू हुनसक्ने जस्तै मुटुमा समस्या आउने, श्वास–प्रश्वासमा समस्या आउने, मृगौला काम नगर्ने पनि हुन सक्छन ।

गम्भिर खालका असरहरु देखा परे के गर्ने ?
खोप लिइसकेपछि साधारण वा सामान्य असरहरु देखिनु सामान्य हुन् तर यदि गम्भिर असरहरु जस्तै गम्भिर खालका एलर्जी हुनु, कुनै असहनीय अनुभव हुनु, मुटुमा, छातिमा गम्भिर समस्या देखेमा नजिकको अस्पताल वा स्वास्थ्य सेवा प्रदायकमा उचित उपचार र परामर्शको लागि तुरुन्त जानुपर्दछ ।

कोभिड कोरोना कोरोना खोप खोप

लेखक परिचय

डा. सरोज सुवाल

हाड जोर्नी रोग विशेषज्ञ,
मध्यपुर अस्पताल, मध्यपुर ठिमी भक्तपुरमा कार्यरत


लोकप्रिय

ताजा अप्डेट
ट्रेंडिंग