Logo

के तपाइका बालबालिकाहरू मन्टेश्वरी जान्छन् ? यदि जान्छन् भने उनीहरूको खानामा ध्यान दिनुपर्ने कुराहरु एक पटक पढ्नुस्

निशा डाँगी
बुधबार, पुस २८, २०७८ मा प्रकाशित

सन्तुलित खाना हामी सबैको लागि आवश्यक छ । विशेष गरी स–साना बालबालिकाहरूको खानेकुरामा अभिभावकहरूले ध्यान दिनुपर्ने हुन्छ । किनकि चिकित्सकहरूका अनुसार सन्तुलित खानाले गरेर बालबालिकाहरूको शारीरिक, मानसिक र बौद्धिक विकासमा धेरै मद्दत पुर्‍याउने गर्दछ ।

तर हाल व्यस्तताको कारणले गर्दा हरेक अभिभावकहरूले आफ्ना बालबालिकाहरूलाई आवश्यक हेरचाह गर्न सकिरहेका हुँदैनन् । त्यसैले गर्दा सहरी क्षेत्रमा धेरैजसो २ वर्ष देखिका बालबालिकाहरिलाई मन्टेश्वरी पठाउने गरिन्छ । जसले गर्दा बालबालिकाहरूको सन्तुलित खानामा प्रभाव परिरहेको हुन्छ । त्यस्ता २ देखि ७ वर्ष उमेर समूहका मन्टेश्वरी जाने बालबालिकाहरूलाई सन्तुलित भोजन कसरी खुवाउने र विशेष गरी खानामा के के कुरालाई ध्यानमा राख्नु पर्छ तल उल्लेख गरिएको छ ।

मन्टेश्वरीहरुले ध्यान दिनुपर्ने कुराहरू :

  • प्रत्येक दिन नसकिए पनि प्रत्येक हप्ता पोषणविद्को सल्लाह बमोजिम खानेकुराको तालीका बनाउने
  • विद्यालयलाई जङ फुड मुक्त क्षेत्रको रूपमा विकास गर्ने
  • सानो उमेर देखिनै सन्तुलित खानाको विषयमा बालबालिकाहरूलाई सिकाउने
  • सकेसम्म प्रत्येक दिन विभिन्न प्रकारका खानेकुराहरू समावेश गर्ने
  • महिनाको एक पटक बालबालिकाहरूको स्वास्थ्य परीक्षण गर्ने
  • सन्तुलित आहारको कारणले गरेर हुने वृद्धि विकासमा विशेष ध्यान दिने

अब मन्टेश्वरी जाने बालबालिकाहरूलाई घरमा सन्तुलित खानाको लागि ध्यान दिनुपर्ने कुराहरू :

  • बालबालिकाहरूलाई सानो उमेरबाट नै सबै प्रकारका खानेकुराहरूको स्वाद दिने
  • बालबालिकाहरूलाई सकेसम्म चिनिको मात्रा कम भएको खानेकुराहरू मात्र दिने
  • २ देखी ७ वर्ष उमेर समूहका बालबालिकाहरूलाई सकेसम्म जङक् फुडहरू नदिने वा दिनै परेमा हप्ताको एक दिन मात्र दिने
  • उनीहरूलाई दिने खानामा तरकारीको मात्रा धेरै राख्ने
  • प्रत्येक खानामा फाइबरको मात्रा बढी भएको खानेकुरा जस्तै सुन्तला, आँप, केरा, गेडागुडी, स्विट पोटेटो, र स्याउको मात्रा राख्ने

यसरी २ देखी ७ वर्ष उमेर समूहका बालबालिकाहरूको खानेकुरामा ध्यान दिन सकियो भने उनीहरूको शारीरिक, मानसिक र बौद्धिक विकासमा निकै सहयोग पुग्ने बाल रोग विशेषज्ञ डा. नितेश श्रेष्ठले बताउनु भएको छ । उहाँका अनुसार हाम्रो खानेकुराहरूमा छुटाउन नहुने खानेकुराहरू :

  • प्रोटिन (Protein) – मासु , अन्डा , गेडागुडी ,भटमास आदि
  • फलफूल (Fruits) – ताजा मौसम अनुसारको फलफूलको रस
  • तरकारी (Vegetables) – ताजा मौसम अनुसारको तरकारीहरू
  • अन्न (Carbohydrate) – गहुँ, मकै, चामल लगायत अन्नबाट बनेका खानाहरू
  • दुग्ध पदार्थ (Dairy product) – कम बोसोयुक्त दूध ,दही , चिज, भटमासको पेय पदार्थहरू
  • बोसो (Fats), चिनी (Sugar), नुन (Salt) – बच्चालाई खाना बनाउँदा बोसो, चिनी र नुनको मात्रामा विशेष ध्यान पुर्‍याउनु पर्दछ
खानेकुरा पोषण बच्चा

लोकप्रिय

ताजा अप्डेट
ट्रेंडिंग