Logo

छात्रवृत्तितर्फको सिटहरूमा म्याचिङ हुने उम्मेदवारहरूको पहिलो भर्ना सूची सार्वजनिक

डाक्साब
बिहिबार, असार १६, २०७९ मा प्रकाशित

काठमाडौँ, असार १६ । चिकित्सा शिक्षा स्नातक तहको छात्रवृत्तितर्फको सिटहरूमा म्याचिङ हुने उम्मेदवारहरूको पहिलो भर्ना सूची सार्वजनिक गरिएको छ ।

चिकित्सा शिक्षा आयोगले स्नातक तहमा सम्पूर्ण विश्व विद्यालय र अन्तर्गतका शिक्षण तथा प्रतिष्ठानहरूका विभिन्न शैक्षिक कार्यक्रमहरूको लागि सञ्चालन गरेको एकीकृत प्रवेश परीक्षाको योग्यता क्रम र परीक्षार्थीले निर्धारण गरेको प्राथमिकताका आधारमा छात्रवृत्तितर्फको पहिलो भर्ना सूची प्रकाशन गरिएको छ ।

प्रकाशित सूचनामा छात्रवृत्तितर्फ नाम आएका उम्मेदवारहरूले २२ गते भित्र भर्ना गर्न भनिएको छ ।

चिकित्सा शिक्षा आयोग छात्रवृत्ति

लोकप्रिय

ताजा अप्डेट
ट्रेंडिंग