Logo

आखाँको हेरचाह कसरी गर्न सकिन्छ ?

डाक्साब
सोमवार, बैशाख १२, २०७९ मा प्रकाशित

काठमाडौँ, वैशाख १२ । कतिपय व्यक्तिहरूले एक पटक चस्मा लगाइसकेपछि जिन्दगीभर चस्मा लगाउनु पर्छ भन्दै चस्मा लगाउन नमान्ने गर्छन् । तर एक पटक चस्मा लगाएपछि जिन्दगीभर चस्मा लगाउनु पर्छ भन्दै चस्मा नै लगाउन छोड्नु मूर्खता भएको आँखा रोग विशेषज्ञ डा. तेज्सु मल्ला बताउँछन् ।

“हाम्रो आँखामा समस्या आउन थालेपछि वा कमजोर हुन थालेपछि नै चिकित्सकको सल्लाह बमोजिम आँखाको परीक्षण गरी चस्मा लगाउनु पर्छ ।” आँखा शरीरको एक महत्त्वपूर्ण अङ्ग हो त्यसैले गर्दा हामीले हाम्रो दैनिक जीवनमा पनि आँखाको हेरचाह गर्न निकै महत्त्वपूर्ण छ । दैनिक कामहरू जस्तै कम्प्युटर चलाउँदा, बेलुकाको समयमा किताब पढ्दा, वा अन्य समयमा पनि आँखाको विशेष ध्यान दिनु पर्छ ।

यदि हामी अफिसमा गएर कम्प्युटरको सहायताबाट काम गर्छौ भने सके सम्म अलि ठाँडा बस्ने प्रयास गर्नुपर्छ भने, स्क्रिनमा हेर्दा १ मिनेटमा १० पटक सम्म आँखा बिल्ङि  गर्न ( आँखा चिम्लन )आवश्यक छ । साधारण अवस्थामा हामीले १ मिनेटमा १२ देखि १४ पटक आँखा बिल्ङि गर्ने गरिन्छ । तर केही उपकरणहरू चलाइरहेको समयमा १ मिनेटमा ४ देखि ५ पटक मात्र गर्ने बिल्ङि गर्छौ । त्यसैले गर्दा सकेसम्म उपकरणहरूको प्रयोग गर्दा आँखा चिम्लिने र खोल्ने गर्नुपर्छ ।

डा. मल्लले थप्दै “त्यसै गरी हामीले हाम्रो आँखाको हेरचाह गर्नकालागि ताजा तरकारी तथा फलफूलको सेवन गर्ने, भिटामिन ए प्राप्त गरिने फलफूलको मात्रा बढाउने, माछा तथा अण्डा खाने र सकेसम्म जाँड रक्सी र धूम्रपानको सेवन गर्न रोक्नु आवश्यक रहेको छ ।”

बजारमा घामबाट जोगाउने भनेर विभिन्न खालका चस्माहरूको बिक्री तथा वितरणहरू गर्ने गरिन्छ । यस्ता बजारमा भएका बजारे चस्माले केही हद सम्म घामबाट जोगाए पनि चिकित्साको सल्लाह अनुसारकै चस्माको प्रयोग गर्न राम्रो हुने उनले बताए ।

ठुला व्यक्तिहरूले आफ्नो आँखा कमजोर भएको सजिलै सँग थापा पाउने पाउँछन् । अथवा आफ्ना आँखामा केहि समस्या आउने बित्तिकै चिकित्सककोमा जाने र परीक्षण गरिन्छ । तर बालबालिकाहरूको आँखामा समस्या आएको कुरा बुझ्न निकै कठिन हुने गर्छ । किनकि धेरै जसो बालबालिकाहरुले आफ्नो आँखामा समस्या आएको कुरा लुकाउने गरेका छन् । आफ्नो टिचर, आमा वा बुबाले आखाँमा समस्या भएको थाहा पाएर मोबाइल हेर्न बन्द गरिदिने डरले पनि उनीहरू लुकाउने गर्दछन् त कति बालबालिका लास्ट बेन्चबाट अगाडी तिर बस्ने गर्छन् । त्यसैले स्कुल पढ्ने बालबालिकाहरुको समय समयमा आँखा परिक्षण गर्न आवश्यक रहेको डा. मल्ल बताउँछन् ।

त्यसैगरि आँखामा प्रयोग गरिने कस्मेटिक प्रडक्टले पनि आँखामा विभिन्न समस्या ल्याउने डा. मल्लले बताएका छन् । आफ्नो आँखाको हेरचार गर्ने हो भने आँखामा प्रयोग गरिने कस्मेटिक प्रडक्टको प्रयोग कम गर्न आवश्यक रहेको आँखा रोग विशेषज्ञ डा मल्ले बताएका छन् ।
( डा. तेज्सु मल्ला, तेज आई सेन्टरका सञ्चालक हुन । )


लोकप्रिय

ताजा अप्डेट
ट्रेंडिंग