
काठमाडौँ, असार ८ ।काठमाडौँमा फेरि दुई जनामा हैजा पुष्टि भएको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका दुईजना दिदी बहिनीमा हैजा पुष्टि भएको हो। उनीहरु बागबजारका हुन्।
उनीहरु बिहीबार शुक्रराज अस्पतालको आइसीयूमा भर्ना भएका थिए। र्यापिड टेस्टमा रिपोर्ट पोजेटिभ आएपछि उनीहरुको दिसाको कल्चर गरिएको थियो। दिसाको कल्चर गरेपछि आउने नतिजालाई आधिकारिक र स्तरीय मानिन्छ।
हाल उनीहरुको अवस्था सामान्य रहेको र आइसीयूबाट वार्डमा सार्ने तयारी भएको अस्पताल स्रोतले जानकारी दिएको छ। हैजा पुष्टि भएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको आकस्मिक बैठक समेत बसेको थियो।
लोकप्रिय