Logo

इन्टरमिटेन्ट फास्टिङ गरेर तौल कसरी घटाउने ?

निशा डाँगी
बिहिबार, जेष्ठ २६, २०७९ मा प्रकाशित

काठमाडौँ, जेठ २६ । आज भोलि शरीरको तौल घटाउन वा मोटोपना नियन्त्रण गर्न मानिसहरूले विभिन्न किसिमका तरिकाहरू अपनाउने गर्दछन् । त्यस्तै गरी आज भोलि स्वस्थ रहन मानिसहरूले ‘इन्टरमिटेन्ट फास्टिङ’ समेत गर्न थालिसकेका छन् ।

इन्टरमिटेन्ट फास्टिङ भनेको के हो ?
इन्टरमिटेन्ट फास्टिङ भनेको केही समय खाली पेट बस्ने र केही समय खाना खाएर गरिने एक प्रकारको फास्टिङ हो । यसमा दुई प्रकारको समय हुन्छ । जसमा एक समयमा खानेकुरा मिलाएर खाइन्छ भने एक समयमा खाली पेट बसिन्छ । हाम्रो नेपाली समाजमा इन्टरमिटेन्ट फास्टिङ परा पूर्व काल देखि नै चल्दै आएको चलन हो । पहिलेका व्यक्तिहरूले बेलुकाको खाना घाम अस्ताउनु अगाडि नै खाइ सक्ने चलन थियो भने बिहानको खाना पूजापाठ सकाएर ९ बजे पछाडि मात्र खाने गरिन्थ्यो ।  अहिले उक्त प्रचलनलाई इन्टरमिटेन्ट फास्टिङको नाम दिइएको छ । जसमा २४ घण्टाको अवधिमा केही समय खाना खाने गरिन्छ भने केही समय फास्टिङ गरिन्छ ।

इन्टरमिटेन्ट फास्टिङ गर्ने तरिकाहरू के के हुन् ? 
इन्टरमिटेन्ट फास्टिङ गरिने तरिकाहरू फरक फरक प्रकारका हुन्छन् । जसमध्ये कसैले १४ घण्टा नखाने र १० घण्टा खाने गर्छन भने कसैले १६ घण्टा नखाने र ८ घण्टा खाने गर्दछन् । यस्तो प्रकारको फास्टिङ गर्दा खानेकुरा खाँदा भने सबै प्रकारका डायटहरु मिलाएर खान आवश्यक हुन्छ ।

कस्ता व्यक्तिले इन्टरमिटेन्ट फास्टिङ गर्न मिल्दैन ? 
इन्टरमिटेन्ट  फास्टिङ धेरै जनाकोलागि उपयुक्त भए पनि सबैकोलागि उपयुक्त हुदैन् । बढ्दै उमेर समूहका बालबालिका, गर्भवती महिला, टाइप वान डायबिटिज भएका व्यक्ति, नसर्ने रोग लागेका व्यक्ति र उमेरको हकमा ६० वर्ष माथिकोले यस प्रकारको फास्टिङ गर्न मिल्दैन । यो फास्टिङमा १६ घण्टा खाली पेट बस्नु पर्ने हुन्छ त्यसैले ६० वर्ष उमेर कटेका व्यक्तिमा विभिन्न स्वास्थ्य समस्या देखिन सक्छ ।

इन्टरमिटेन्ट फास्टिङ गर्दा कस्ता खानेकुरा खाने ? 
लामो समयसम्म खाली पेट बस्दा हाम्रो ऊर्जा खर्च भइरहेको हुन्छ । त्यसैले यसरी फास्टिङ गर्दा शरीरलाई आवश्यक पर्ने सम्पूर्ण न्युटेसनहरु मिलाएर खान आवश्यक हुन्छ । जथाभाबी जे जे भेटियो त्यही त्यही खाँदा त्यसको फास्टिङ गरेको रिजल्ट राम्रो नआउन सक्छ ।

भिडियो 

इन्टरमिटेन्ट फास्टिङ

लोकप्रिय

ताजा अप्डेट
ट्रेंडिंग